image
image
न्यून दृश्यता का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही विमानहरूको उडान र अवतरण प्रभावित भए

न्यून दृश्यता का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही विमानहरूको उडान र अवतरण प्रभावित भए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानको समयमा बाक्लो तुँवालो र हुस्सुका कारण दृश्यता (भिजिबिलिटी) निकै घटेको थियो। यसका कारण जजिरा एयर, एयर इन्डिया र फ्लाइ दुवईका कम्तीमा आधा दर्जन अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट (अवतरित) भएका छन्। जजिरा एयर र एयर इन्डियाका दुई विमान बनारस, भारतमा डाइभर्ट भएका छन् भने फ्लाइ दुवईको एक विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अवतरण गरेको छ। अन्य केही उडानहरूलाई अवतरणका लागि केही समय होल्ड गराइएको थियो।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, आज बिहान दृश्यता १,६०० मिटरमात्र थियो, जुन विमान अवतरणका लागि आवश्यक मापदण्डभन्दा कम थियो। हाल दृश्यता ३,००० मिटर पुगेको छ, तर धुलो र तुँवालोका कारण अझै केही समस्या भइरहेको छ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसका कारण कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्छ। यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।