आज प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज निर्धारित समयमा सुरु भएको छ। गत चार दिन विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालनमा कठिनाइ आएको थियो। आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेकोले विपक्षी दलहरूले बैठक अवरोध नगर्ने निर्णय गरेका छन्।









