image
image
तीनकुनेमा भएको हिंसात्मक घटनामा सरकारको कमजोरी रहेको

तीनकुनेमा भएको हिंसात्मक घटनामा सरकारको कमजोरी रहेको

काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाले काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ। सोमबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकले यस विषयमा चासो व्यक्त गर्दै आगामी कदमबारे छलफल गरेको हो।

बैठकले सरकारको कमजोरीका कारण जनधनको क्षति भएको निष्कर्ष निकालेको र भविष्यमा यस्ता घटनाहरू हुन नदिन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। त्यस्तै, क्रान्तिबाट स्थापित गणतन्त्रको रक्षा गर्न गणतन्त्र पक्षधर बीच बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको उनले बताए।

तीनकुनेमा भएको घटनालाई नियोजित रूपमा भएको भन्दै मोर्चाले प्रतिगामी शक्तिहरूको गतिविधिबारे सरकारलाई सचेत गराउने निर्णय गरेको छ। यसैगरी, घटनामा संलग्न व्यक्तिहरूबाट पीडितलाई क्षतिपूर्ति दिलाउने र जनतालाई सचेत गराउने कार्यक्रमहरू सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।