image
image
काठमाडौंको माकलबारी क्षेत्रमा १ लाख रुपैयाँको लेनदेन विवादमा एक युवकको हत्या

काठमाडौंको माकलबारी क्षेत्रमा १ लाख रुपैयाँको लेनदेन विवादमा एक युवकको हत्या

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ स्थित माकलबारीमा एक लाख रुपैयाँको लेनदेन विवादका कारण १९ वर्षीय युवक राहुल साहको हत्या भएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कशपका संचालकसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।

राहुल साह चैत ११ देखि हराएका थिए र चैत १५ मा उनको शव वर्कशपको पछाडि गाडेको अवस्थामा भेटिएको थियो। हत्यामा संलग्न आरोपीहरूमा वर्कशपका संचालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारतको दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा समावेश छन्।

अनुसन्धानका अनुसार, साहले ग्यारेजका संचालक मण्डलसँग १ लाख १० हजार रुपैयाँ लिनुपर्ने थियो। जब मण्डलले पैसा दिन आनाकानी गरे, तब साहले पैसा नलिँदै जान्न भन्ने अडान राखेपछि उनीहरूको बीचमा विवाद भयो। यसपछि, मण्डल र वर्कशपका अन्य व्यक्तिहरूले मिलेर साहको हत्या गरेको देखिन्छ।

प्रहरीका अनुसार, निप मण्डल, विजय यादव र करन कुमार महतो मुख्य आरोपी हुन्। जोधन मण्डल मतियारको रूपमा संलग्न रहेको पाइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।