image
image
नेपालगञ्जमा मुस्लिम धर्मावलम्बीहरूले इद पर्व धूमधामका साथ मनाएका छन्

नेपालगञ्जमा मुस्लिम धर्मावलम्बीहरूले इद पर्व धूमधामका साथ मनाएका छन्

काठमाडौँ । नेपालगञ्जमा इस्लाम धर्मावलम्बीहरूले धूमधामका साथ ईद उल फित्र पर्व मनाएका छन्। नेपालगञ्जको विपी चोकस्थित इदगाहमा आज बिहान सामूहिक नमाज पढिएको थियो। इदगाहभित्र स्थान नपुगेर बाहिर सडकमा समेत नमाज पढिएको थियो। नमाज पछि एकअर्कालाई अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो। ईद उल फित्र पर्व इस्लामिक पात्रो अनुसार नवौँ महिना रमजानको एक महिने उपवासको समापनमा मनाइन्छ। यस अवसरमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति र आत्मसंयमको अभ्यासमा जोड दिइन्छ। नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले ईदको अवसरमा विश्वका लागि शान्तिको प्रार्थना गरिएको उल्लेख गर्दै यस अवधिमा जकात (दान) दिन अनिवार्य मानिएको बताए। ईदका अवसरमा मिठाई, खजुर, सेवईं लगायत विभिन्न परिकार तयार गरिन्छन्, र परिवारजन, आफन्त तथा छिमेकी बीच भोज र भेटघाटको विशेष महत्व हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।