image
image
भाटभटेनी सुपरमार्केटमा हालै भएको तोडफोडबाट ८० लाख रुपैयाँभन्दा बढीको क्षति

भाटभटेनी सुपरमार्केटमा हालै भएको तोडफोडबाट ८० लाख रुपैयाँभन्दा बढीको क्षति

काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाटबाट ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। भाटभटेनीका सीईओ पानु पौडेलका अनुसार, ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटिएको छ। राजावादी समूहका कार्यकर्ताहरूले प्रदर्शनका क्रममा भाटभटेनीमा प्रवेश गरेर तोडफोड र लुटपाट गरेका थिए। यस घटनामा सुपरमार्केटको बाहिरी भागका धेरैजसो सिसा फुटेका छन्, जसबाट ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। त्यसैगरी, दुई लाख ६५ हजार रुपैयाँका शो–केस र अन्य सामग्रीमा पनि क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटिएको पाइएको छ। यस घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।