विराटनगरमा खाद्यान्नको मूल्य आकासियो
विराटनगरमा खाद्यान्नको मूल्य आकासियो
काठामाडौँ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला प्रदेश १ को राजधानी विराटनगरमा खाद्यान्नको मूल्य अकासिएको छ। विराटनगरमा सरकारले कोभिड(१९ को संक्रमण रोक्न र फैलिन नदिन लकडाउन वा निषेधाज्ञा जारी गर्ने भन्दै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोग सामग्री मूल्य बढाएको हो।
विराटनगरमा पछिल्लो समय संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामग्रीको मूल्यवृद्धि भएको हो। पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यवृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन्। विराटनगर बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ।
एक पसल सञ्चालकका अनुसार मुसुरोको दाल १५ दिन अगाडि १ सय ८ रुपैयाँमा पाइरहेकोमा लकडाउनको हल्लाले १ सय १५ देखि २० सम्ममा दिने गरेको छ। त्यस्तै खाने तेल २ हजार २ सय ५० मा किन्ने गरेका खुद्रा व्यापारीहरूले २ हजार ६ सयमा किन्ने गरेको बताएका छन्। सन् फ्लावर खानेतेलसमेत मूल्यवृद्धि गरेर होलसेलरहरूले खुद्रा व्यापारीहरूलाई २ हजार २ सय २५ मा दिने गरेता पनि अहिले २ हजार ४ सय ५० मा दिने गरेका छन्। खुद्रा व्यापारीका अनुसार लकडाउनको हल्ला भएपश्चात होलसेलले दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सन्फ्लावर तेल प्रतिकार्टुन १ सयदेखि १ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन्। होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ।
विराटनगर महानगरपालिकाका उपमेयरको नेतृत्वमा रहेको नगरस्तरीय अनुगमन टोली अस्वाभाविक रूपमा दैनिक उपभोग सामग्रीको मूल्यवृद्धिको विषयमा अनभिज्ञ भएको हुँदा सर्वसाधारण विपन्न वर्ग महँगो खाद्यान्न किन्न बाध्य भएका छन्।