image
image
पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीहरूको समर्थनमा निर्मल निवासमा गुनासो

पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीहरूको समर्थनमा निर्मल निवासमा गुनासो

काठमाडौँ ।आइतबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै गणतन्त्रवादी दलका सांसदहरूले राजावादीलाई थुन्नुपर्ने प्रस्ताव राखेका छन्। यसै क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आक्रोशित हुँदै 'राजावादी यहाँ छ, सके जेल हाल!' भनेका छन्।

त्यसै बैठकमा, प्रतिपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ मागेका थिए। यसको विरोधमा सत्तारुढ दलका सांसदहरू उठेका थिए। यसै क्रममा सांसद रामहरि खतिवडा र ठाकुर गैरेलगायतले राजावादीलाई थुन्नुपर्ने माग गरेका छन

यसैबीच, राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनपछि प्रहरीले राप्रपाका उच्चस्तरीय दुई नेतासहित १०० जनाभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यस प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको आरोप छ। यस विषयमा पूर्वराजाले आफूलाई अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको गुनासो गरेका छन्।

यस घटनापछि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को गल्ती गरेमा त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेका छन्। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह अहिले निर्मल निवासमै मौन बसेका छन्। उनी निकटस्थ स्रोतका अनुसार आन्दोलन समितिका व्यक्तिहरूसँग गुनासो गर्दै आफूलाई विवादमा नतानिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।