बालेनले तथ्य र कानुन बिर्सेर पूर्वराजा ज्ञानेन्द्रलाई जरिमाना पत्र पठाएको भन्दै राष्ट्रिय डा. प्रकाशचन्द्र लोहनीले आलोचना गरेका छन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र पठाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आलोचना गरेका छन्। लोहनीका अनुसार, बालेनले कानुनी प्रक्रिया र तथ्यलाई बेवास्ता गर्दै यस्तो पत्र पठाएको आरोप छ। उनले बालेनसँग कुन कानुनका आधारमा जरिवाना मागिएको हो भन्ने स्पष्टिकरण दिनुपर्ने बताएका छन्। लोहनीले भनेका छन्, 'बालेनजीले जनतालाई राम्रोसँग बताउनु पर्यो। अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ।' यसैबीच, सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा बालेनसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ।









