image
image
दुर्गा प्रसाईंले स्पष्ट पार्दै भनेका छन्, "मैले देशबाट भागेको छैन

दुर्गा प्रसाईंले स्पष्ट पार्दै भनेका छन्, "मैले देशबाट भागेको छैन

काठमाडौँ । तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनमा कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाल फरार छन्। प्रहरीले उनलाई पक्राउ गर्न खोजी गरिरहेको छ। यसैबीच, प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको र काठमाडौँका एक मन्दिरमा सुरक्षित बसेको बताएका छन्। उनले भनेका छन्, "मैले भागेको छैन, म तपाईंहरूभन्दा टाढा छैन।" प्रसाईंका अनुसार, चैत १५ गतेको कार्यक्रम शान्तिपूर्ण तरिकाले गर्न खोज्दा आफूलाई मार्ने ठूलो योजना रहेको दाबी गर्दै, "पुलिस प्रशासनका केही व्यक्तिहरू सिभिल ड्रेसमा मेरो घरमा चढेर घटना घटाएका थिए," उनले आरोप लगाए। उनले थपे, "पुलिसलाई जति माया म जतिको कोही छैन।" प्रसाईंले आफूले कहिले पनि घर जला भनेर नभनेको र संसद् भवन कब्जा गरौँ मात्र भनेको बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।