कर्णाली प्रदेश सरकारले पाँचौँ प्रदेशसभा अधिवेशनलाई अन्त्य गर्ने निर्णय
काठमाडौँ । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले हालैको बैठकमा कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। यस निर्णयअनुसार, सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष अधिवेशन अन्त्य गर्ने सिफारिस गर्नेछ। त्यसैगरी, किटनाशक विषादी विधेयक प्रदेश सभामा पेस गर्ने र दैवि प्रकोपवाला असिनापीडित किसानका लागि ७३ लाख रुपैयाँ बराबरको राहत रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ।









