अमेरिकी विश्वविद्यालयहरूले प्रदर्शनमा संलग्न विदेशी विद्यार्थीहरूलाई देश छोड्न आदेश
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शनमा संलग्न सयौँ विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर आफू स्वेच्छाले अमेरिका छोड्न आग्रह गरेको छ। यी इमेलहरूमा सामाजिक सञ्जालमा अमेरिकाविरुद्धका पोस्टहरूलाई लाइक गर्ने विद्यार्थीहरूलाई पनि समावेश गरिएको छ। यसअघि, मार्च २७ मा विदेशमन्त्री मार्को रुबियोले राष्ट्रविरोधी गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेका थिए। त्यसपछि ३०० भन्दा बढी विद्यार्थीमाथि कारबाही भइसकेको छ। विदेश मन्त्रालयले 'क्याच एण्ड रिभोक' नामक एआई एप सुरु गरेको छ, जसको मद्दतले हमास वा अन्य आतंकवादी सङ्गठनलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको पहिचान र भिसा रद्द प्रक्रिया भइरहेको छ।









