रुसी राष्ट्रपति व्लादिमीर पुटिनको कारमा विष्फोट
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक प्रमुख कारमा विस्फोट भएको छ। यो विस्फोट गुप्तचर एजेन्सी एफएसबीको मुख्यालय नजिकै भएको थियो। विस्फोटपछि कारको इन्जिनमा आगो लागेको र त्यसपछि आगो कारभरि फैलिएको बताइएको छ। यस घटनामा हत्याको षड्यन्त्र थियो वा यो केवल दुर्घटना मात्र थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन। यस घटनाका कारण राष्ट्रपति पुटिनको सुरक्षामा चिन्ता बढेको देखिन्छ।









