image
image
तीनकुने क्षेत्रमा भएका घटनाका कारण राजावादीहरूको आन्दोलन प्रभावित, राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नै तयारीमा

तीनकुने क्षेत्रमा भएका घटनाका कारण राजावादीहरूको आन्दोलन प्रभावित, राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नै तयारीमा

काठमाडौँ ।काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि राजावादी समूहको गतिविधिमा उल्लेखनीय प्रभाव परेको छ। आन्दोलन समितिले शुक्रबारको प्रदर्शनअघि गरेको पत्रकार सम्मेलनमा संयोजक सुवेदीले संयुक्त आन्दोलन समितिमा कमान्डर को जिम्मा दुर्गा प्रसाईलाई दिएको बताएका थिए ।

यस्तै उनको नेतृत्वको महाअभियानले आफू नेतृत्वको समिति गठन गर्नु पूर्व नै शुक्रबारदेखि घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको उल्लेख गरेका थिए । तर, प्रसाईं नै भागेपनि उनको आन्दोलन छिन्नभिन्न भएको छ । सुवेदीले चैत १६ गतेलाई छाडेर आज (चैत्र १७ गते)देखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने बताएका थिए । उनले एक हप्ताभित्र सरकारले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे चैत्र २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजान बाध्य हुने चेतावनी समेत दिएका थिए यस प्रदर्शनमा राप्रपाका नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतका राजावादी कार्यकर्ताहरू पक्राउ परेका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरिएको छ। यस घटनापछि राप्रपा आफ्नै कार्यक्रम अघि बढाउने तयारीमा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।