नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको तरलता बजारबाट निकासी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले अधिक तरलता समस्याको समाधानका लागि आज २५ अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोलमार्फत तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन दिने न्यूनतम रकम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँ तोकिएको छ। निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ। यस निक्षेपलाई केन्द्रीय बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा पनि प्रयोग गर्न सक्नेछन्।









