सुनको मूल्य नयाँ उच्चतम स्तरमा
काठमाडौँ ।नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ थियो। यस वृद्धि कारण सुनको मूल्यमा 600 रुपैयाँको बढोत्तरी भएको हो।









