image
image
सुदन किरातीका अनुसार, सडकमा नागरिकहरूको उपस्थिति पूर्वराजाको समर्थनमा नभई, सरकारको विरोधमा

सुदन किरातीका अनुसार, सडकमा नागरिकहरूको उपस्थिति पूर्वराजाको समर्थनमा नभई, सरकारको विरोधमा

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले सडकमा प्रदर्शनरत व्यक्तिहरू पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नभई, सरकारको विरोधमा उत्रिएका बताएका छन्। काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै किरातीले जनताको असन्तुष्टि र अराजकताको रूप ओली सरकारकै कारण बढेको उल्लेख गरे।

किरातीले कूलमान घिसिङ प्रकरण र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई राजीनामा दिन बाध्य बनाउनु सरकारको गलत कदम भएको आरोप लगाए। उनले यस्तो कार्यले सुशासनलाई धक्का पु¥याएको टिप्पणी गरे। देशमा देखिएका प्रतिगामी गतिविधिहरूलाई रोक्न र जनताको विश्वास जित्न सरकारले कुलमान घिसिङको हटाइ र उपकुलपतिको राजीनामा फिर्ता लिनुपर्ने पनि उनले जोड दिए।

किरातीले चेतावनी दिँदै भने कि यदि सरकार नचुके भने यसको महँगो मूल्य व्यवस्थाले र देशले चुकाउनु पर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।