१५ वर्षअघिको दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष भेटियो
काठमाडौं १७ वैशाख। १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला परेको छ ।
धौलागिरि हिमाल सफाइका क्रममा नेपाली सेनाको टिमले सन् २००६ मा दुर्घटना भएको एक हेलिकप्टर फेला पारेको हो ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरभन्दा केही मिटर टाढा शव फेला परेको र ती शवको पहिचान जारी रहेको छ ।