सुनधाराबाट गणतन्त्रवादीहरूको र्याली सुरु:
काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्याली सुरु भएको छ। यस र्यालीमा मोर्चासँग सम्बद्ध दलका नेता र कार्यकर्ता सहभागी छन्। र्याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ।
यसैगरी, गणतन्त्रवादी रजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै प्रदर्शन गर्दैछन्। यसका साथै, काठमाडौंका अन्य स्थानबाट पनि यस्ता र्यालीहरू सुरु हुनेछन्।









