सभामुखले अवरुद्ध संसद बैठक पुनः सुरु गर्नका लागि आह्वान गरे
काठमाडौँ ।सभामुख देवराज घिमिरेद्वारा प्रतिनिधिसभा बैठक सुचारु गर्न आयोजित प्रमुख दलका सचेतकहरूको छलफल निष्कर्षविहीन भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पष्टीकरण नपाएको भन्दै विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्।कुरा नमिल्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । यसैबीच, सभामुख घिमिरे र प्रधानमन्त्री दाहाल प्रचण्डबीच पनि सदनको गतिरोध समाधानका लागि छलफल भइरहेको छ।









