image
image
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ

इलाम नगरपालिका–४ बरबोटेका २२ वर्षीय दिपेश नेपालीलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ। उक्त आरोपका आधारमा अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बर्दियामा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१० लालपुरका ३५ वर्षीय वसन्त थारुलाई पक्राउ गरिएको छ। उनीलाई बिहीबार राति इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। दुवै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।