तीनकुने क्षेत्रमा राजावादी गतिविधिहरूलाई नियन्त्रण ,रिङ्गरोडभित्र प्रवेश गर्न नदिन
काठमाडौँ । काठमाडौँमा आज गणतन्त्रवादी र राजावादी समूहहरूको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। राजावादी समूहलाई रिङ्गरोडभित्र प्रवेश गर्न नदिन बानेश्वरस्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाएको छ। सामान्य नागरिकलाई साइडका लेनबाट हिँड्न अनुमति दिइएको छ। प्रदर्शनकारीहरूको गतिविधि र सुरक्षाका लागि ३५,००० प्रहरी परिचालित गरिएको छ।









