उच्च गतिमा फैलिदै कोरोना, काठमाडौँमा मात्रै २९५६ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोभिड १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थिपिएका संक्रमित सँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ।मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै आज कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।