राष्ट्रिय युवासंघको महाधिवेशन आगामी जेठ ९ गतेदेखि आयोजना हुनेछ
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशन आगामी २०८२ सालको जेठ महिनाको ९, १०, र ११ गते पोखरामा आयोजना हुने भएको छ। यस महाधिवेशनको मिति निर्धारण गर्न शुक्रबार आयोजित पदाधिकारी बैठकले निर्णय गरेको हो। महाधिवेशनको सफलताका लागि अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। यस समितिमा उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक, र महासचिव सुमन पुरी सदस्य सचिवका रूपमा रहेका छन्।









