प्रदर्शनी मार्गमा प्रदर्शनका कारण सवारी मार्ग परिवर्तन सुरु
काठमाडौँ ।काठमाडौँको प्रदर्शनी मार्गमा गणतन्त्रका पक्षधर समूहहरूले पुरानो बसपार्कदेखि भद्रकालीतर्फको सडकमा मञ्च निर्माण गरेका छन्। यसका कारण ट्राफिक प्रहरीले टुँडिखेल घुम्ने सवारी साधनलाई वैकल्पिक मार्गमा डाइभर्ट गरिरहेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, रणदीप चोकबाट भद्रकालीतर्फ आउने सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ। न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई पनि रोक लगाइएको छ। रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको एसपी गिरीले बताए। ट्राफिक प्रहरीले त्रिपुरेश्वरबाट सवारीलाई डाइभर्ट गरेको छ। प्रदर्शनकारीहरूको जम्मा हुने स्थान र र्यालीको मार्गका आधारमा माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने योजना बनाइएको छ। एसपी गिरीका अनुसार, स्थिति अनुसार सवारी मार्ग परिवर्तन गरिनेछ।









