शिक्षा समितिका सभापति थापामाथि शिक्षकहरूको आक्रोश बढेको छ
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेपछि शिक्षकहरू आक्रोशित भएका छन्। सभापति थापाले आन्दोलन गर्दा पनि ऐन नआउने भन्दै आन्दोलन स्थगित गरी आफ्नो काममा फर्किन शिक्षकहरूलाई अनुरोध गरेका थिए। यस टिप्पणीपछि नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली लगायत शिक्षकहरूले आफूलाई अपमानित र हेपिएको भन्दै सभापति थापामाथि आक्रोश प्रकट गरेका छन्।









