शिक्षक सेवा आयोगले निमावि तहका शिक्षक पदका लागि ६८६ कोटामा आवेदन आह्वान गरेको छ
काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निम्न माध्यमिक तहको शिक्षक पदमा आवेदन आह्वान गरेको छ। सामुदायिक विद्यालयहरूको निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा स्थायी नियुक्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।









