नेपाल विद्युत् प्राधिकरण अगाडि प्रहरी र प्रदर्शनकारी बीच झडप
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा प्रदर्शन जारी रहेको छ। बुधबार, स्वतन्त्र युवाहरूले रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गर्दा केही बेर प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो।









