काठमाडौँमै एम्बुलेन्सको अभाव
काठमाडौँ १७ वैशाख । कोरोना भाईरसका विरामी बढ्दै गएकाले नेपालको राजधानी काठमाडौँमै एम्बुलेन्सको अभाव हुने भएको छ । त्यसैले नेपाल एम्बुलेन्स सेवाले कोभिड संक्रमितको संख्या उच्च हुँदै गएपछि एम्बुलेन्स संख्या थप गर्ने भएको छ । काठमाडौं उपत्यकामा ८ वटा ‘ए’ र ‘बि’ वर्गका एम्बुलेन्स प्रयोग हुँदै आएकोमा आजदेखि ३ वटा थप गर्ने तयारी गरिएको हो ।
नेपाल एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमिस जोशीका अनुसार आजदेखि एम्बुलेन्स सेवाको माग बढेपछि सेवासँग भएका एम्बुलेन्सले नधान्ने भएपछि अन्य संस्थाहरुसँग समन्वय गरी स्रक्रमितका लागि सेवा थप गर्न लागिएको हो । सेवामार्फत सञ्चालित ८ वटा एम्बुलेन्सले दैनिक ७५ जना संक्रमितलाई सेवा दिँदै आएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा सबै निकायबाट सञ्चालित एम्बुलेन्स कोभिड संक्रमितका लागि प्रयोग गर्न अनुरोध गरेको छ ।