image
image

निषेधाज्ञामा धमाधम सार्वजनिक विकास निर्माण

काठमाडौँ १७ शुक्रबार। अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर निस्कन रोक लगाए पनि सार्वजनिक विकास निर्माणका कामले भने यसपटक निरन्तरता पाइरहेका छन् । गत वर्ष बन्दाबन्दी र निषेधाज्ञा हुँदा निर्माण  ठप्प पारिएको थियो । यसपटक भने सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गरेर विकास निर्माणका कार्य सञ्चालन गर्न अनुमति दिएको हो । 

यतिबेला यहाँका सडक, भवनलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षभित्र वीरेन्द्रनगरका पक्की पुल, सडक कालोपत्रे, नाली निर्माणलगायत काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । निर्देशनालयका इन्जिनियर सूर्य शाहीले प्रदेश सरकार अन्तर्गतका सार्वजनिक निर्माणसँग सम्बन्धित काम जनस्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको बताए ।

निषेधाज्ञामा सडक कालोपत्रेको काम प्रभावकारी भइरहेको निर्माणमा संलग्न मजदूरको भनाइ छ । “सडकमा मानिस र गाडी नहुँदा कालोपत्रे गर्न धेरै सजिलो भएको छ,” मालिका निर्माण सेवाका बखत शाहीले भने, “स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर फिल्डमा खटिएका छौं, भौतिक दूरी, मास्क तथा नियमित स्यानिटाइजरको प्रयोगमा लापरबाही गरेका छैनौं ।” निर्माण  सञ्चालन हुँदा गत वर्षझैँ मजदुरले रोजगारी गुमाउनुपर्ने बाध्यता हटेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।