तोकियो होटल कर्मचारीको तलब, कसको कति ?
काठमाडौँ। होटलमा काम गर्ने कर्मचारीको न्युनतम पारिश्रमिक तोकिएको छ । कोरोना सङ्क्रमणका कारण अति प्रभावित बनेको होटल क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरलाई मासिक न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको हो । सहमतीमा हानसहित विभिन्न ३ ट्रेड युनियनका अध्यक्षले हस्ताक्षर गरेका छन ।
सहमतिअनुसार एकतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक दुई हजार, दुईतारे होटलमा दुई हजार पाँच सय, तीनतारे होटलमा तीन हजार, चारतारे होटलमा चार हजार र सबैभन्दा बढी पाँचतारे होटलमा मासिक पाँच हजार रुपियाँ पारिश्रमिकस्वरूप उपलब्ध गराउने सहमति भएको छ । पर्यटकस्तरीय होटल/रिसोर्टमा भने आपसी समझदारीमा पारिश्रमिक तोक्न सकिने उल्लेख छ । सहमति अवधिभर कर्मचारीले चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता भने पाउने छैनन् ।
होटल सञ्चालनका लागि चक्रीय प्रणाली र आवश्यकताका आधारमा काममा लगाइने सहमति भएको छ । त्यस्ता कर्मचारीको हकमा खाइपाई आएको पारिश्रमिक उपलब्ध हुनेछ । सहमतिको समयभर तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई काममा नलगाइने उल्लेख छ । काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीले दाबी गर्न पाउने छैनन् ।
सहमतिको अवधिभर श्रमिक वा कर्मचारीको रोजगारीको सुनिश्चितता भने हुनेछ । यद्यपि स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदका कारण अवकाश पाउनेलाई बन्दाबन्दी अगाडि खाइपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ । सहमति अवधिभर रकम प्राप्तगरी सम्झौता अवधि समाप्त भएपछि एक महिनाअगावै सूचना नदिई अलग भएमा प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी हुने भएको छ । सहमतिको कार्यान्वयनका लागि ट्रेड युनियन सम्मिलित कार्यदल गठन हुनेछ ।