image
image

बजारमा अक्सिजनको अभावपछि दाङको तुलसीपुरमा खाली सिलिन्डर संकलन गरिँदै

काठमाडौँ १७ शुक्रबार । घोराही उपमहानगरपालिका–१५ का ६२ वर्षीय टुर्नबहादुर बस्नेतलाई कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा बिस्तारै घट्न थाल्यो । उनी वैशाख १ गते कोरोना विशेष अस्पताल बेलझुन्डीमा भर्ना भए ।

बजारमा अक्सिजनको अभाव भएपछि दाङको तुलसीपुरमा खाली सिलिन्डर संकलन गरिँदै।अस्पतालमा नियमित अक्सिजन चढाउँदा चढाउँदै पनि उनको १० गते राति मृत्यु भयो । उनका छोरा राजीव बस्नेतलाई गम्भीर बिरामी परेपछि बुबाको मृत्यु हुनुभन्दा एक दिनअघि काठमाडौं लगियो । उनको पनि अक्सिजन चढाएर उपचार गरिँदै थिए । 


घोराही–१७ बेलभारका ४१ वर्षीय दामोदर अधिकारी चैत २७ मा कोरोना संक्रमित भए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक साता उपचार गर्दा पनि अक्सिजनको मात्रा मिलेन । त्यसपछि उनलाई हेलिकप्टरमा काठमाडौं लगियो । उनको काठमाडौंमै उपचारका क्रममा मृत्यु भयो । अक्सिजनको मात्रा घट्दै गएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं लगियो । सुरुमा ५ लाख रुपैयाँ जम्मा गरेर मात्रै हेलिकप्टर आउँछ ।

अस्पतालमा भर्ना भएका सबैलाई अक्सिजन दिनुपरेको व्यावस्थापक दोर्णले बताए । दिनमा १ सय २० सिलिन्डर अक्सिजन खपत भइरहेको र अक्सिजन पाउन कठिन हुन थालेको उनले बताए । अक्सिजनको मात्रा कम भएकै कारण थप बिरामीलाई भर्ना गर्न नसकिएको उनले बताए । ‘अक्सिजन चाहिने बिरामी राखिदिनुपर्‍यो भनेर दिनमा २० जनासम्मको फोन आइरहेको छ । हामीसँग थप बिरामी राख्न सक्ने गरी अक्सिजन छैन,’ वलीले भने, ‘एकछिन अक्सिजन अभाव भयो भने बिरामीको ज्यान जान्छ । दिनदिनै नेपालगन्जबाट भरेर अक्सिजन ल्याउने गरेका छौं । एक घण्टा मात्रै बाटोमा गाडीले ढिला गरे बिरामीको ज्यान जान सक्छ ।’

अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा उपचारमा समस्या भइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले बताइन् । ‘अक्सिजन प्लान्ट जडान भएको छैन । सिलिन्डरको अक्सिजन पाउन गाह्रो भएको छ,’ उनले भनिन्, ‘पीसीआर परीक्षण गरेका ७० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अधिकांश अक्सिजन चाहिने खालका छन् । हामीसँग पर्याप्त अक्सिजन छैन ।’

बजारमा सिलिन्डरको अभाव भएपछि अटो व्यवसायीसँग भएका सिलिन्डर खाली गरी तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्न थालेको अटोभिलेज व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष पदम पोख्रेलले बताए । कतिपयले सिलिन्डर किनेर घरमा राख्न थालेका छन् तर बिरामी परे घरमा राखेको एउटा सिलिन्डरले एक दिन पनि पुग्दैन । दिनमा एक बिरामीलाई कम्तीमा तीनवटा सिलिन्डर आवश्यक पर्ने गरेको कोरोना विशेष अस्पताल बेलझुन्डीका डा। कमल खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।