image
image

पूर्वरानी कोमललाई प्लाज्मा दिइयो

काठमाडौँ शुक्रबार १७ । कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिइएको छ। बिहीबार नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको थियो ।

शाहको अवस्था अहिले सुधार भई  रहेको अस्पतालले जनाएको छ।

‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा। जेपी जैसवालले भने।

उनका अनुसार आइसियूमै राखेर पूर्वरानी शाहको उपचार भइरहेको छ।

उनलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ।

‘प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन मिल्दैन,’ जैसवालले भने।

वैशाख ७ गते उनीहरू नर्भिकमा भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि कोमललाई बुधबार आइसियूमा राखिएको थियो।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।