image
image

अन्तरिक्षमा स्टेशन बनाउन चीनद्वारा रकेट प्रक्षेपण

काठमाडौँ । चीनले स्थायी अन्तरिक्ष स्टेसन निर्माण गर्नको लागि रकेट पठाएको छ ।

बिहीबार अन्तरिक्ष यात्रुहरूको बासस्थान रहने ‘तिन्हे’ अंश वेनचाङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–५बी’ रकेट प्रक्षेपण गरेके हो । चीनले सन् २०२२ सम्ममा अन्तरिक्षमा आफ्नै नयाँ स्टेसन सञ्चालनमा ल्याउने बताइसकेको छ ।

अहिले अन्तरिक्षमा एक मात्र स्टेसन छ । उक्त अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनलाई सहभागी गराइएको छैन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ । त्यसपछि अन्तरिक्षमा चीनको मात्र स्टेसन हुने सम्भावना छ ।

पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने स्टेसनका लागि चीनले कम्तीमा अन्य १० वटा अंशहरू पठाउने जनाएको छ । यसअघि चीन र रुसले संयुक्त रूपमा चन्द्रमाको सतहमा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।