image

सीईडीबी हाइड्रोपावरको आईपीओका लागि आवेदन खुला !

सीईडीबी हाइड्रोपावरको आईपीओका लागि आवेदन खुला !

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (शुक्रवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ ।  कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाइ छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । सार्वजनिक निष्कासनमा आस्बा सेवा अनिवार्य रहेकाले अनलाइन मार्फत नै शेयर भर्न सकिने भन्दै निषेधाज्ञाकै बीच कम्पनीले आईपीओ विक्री खुला गरेको हो ।

कोभिड १९ जोखिमलाई ध्यान दिदैं मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञाकाबिच बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएका छन् ।

कम्पनीलाई आईपीओ विक्रीको लागि धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करीब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो ।

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीमा आईपीओ पश्चात संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Zwamwv

buy sildenafil 150mg - <a href="https://bestusasild.com/">viagra 150mg price</a> viagra pills

Gklehg

order tadalafil online - <a href="https://tadalafilpr.com/">buy cialis 20mg sale</a> purchase flomax without prescription

Exauqs

order levofloxacin 500mg generic - <a href="https://viagplls.com/">sildenafil 200 mg</a> cialis next day

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।