image
image

उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने ९ जना पुरस्कृत

काठमाडौं। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मन्त्रालयमा भर्जुअल माध्यमबाट गरेको कार्यक्रममा आर्थिक वर्ष २०७७-०७८ को वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीलाई सम्मान तथा राष्ट्रिय पुरस्कार घोषणा कार्यक्रममार्फत पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कारका लागि उद्यमीको छनौट गरेको हो । उक्त पुरस्कारको लागि पुष २८ गते आवेदन माग गरेकोमा ८५ जनाले आवेदन दिएका थिए ।

पुरस्कार छनौटका लागि कार्यविधिमा ७ वटा आधार तोकिएका थिए । जसमा रोजगारी सृजना, पूँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादान निर्यात गरेको अवस्था छनौटका आधार थिए । यस्तै सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदुषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्र पनि छनौटका आधार थिए ।जस अन्तरगत एक लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीको तिलोतमा २ जानकीनगरका शिव पराजुली पुरस्कृत भएका छन् ।

त्यस्तै ५० हजार राशीको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने ८ जनाको नाम पनि सार्वजनिक गरिएको छ । उद्यमी राष्टिय पुरस्कार प्राप्त गर्नेमध्ये शिव पराजुली, भोजराज पुवाली र ज्ञानेन्द्र सम्वाहाम्फेले वैदेशिक रोजगारीको अनुभवका आधारमा स्वदेशमा नै विभिन्न प्रकारका उद्यम पेशा व्यवसायबाट आर्य आर्जन गरी स्वदेशी उत्पादन र उद्यमशिलता विकास गर्न आफै लागि पर्नुपर्नेमा जोड दिएका छन् । 
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।