image
image
फेब्रुअरी महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरे

फेब्रुअरी महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरे

काठमाडौं । फेब्रुअरी महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटकको यो सङ्ख्या गएको वर्षको यसै अवधिको तुलनामा कम हो ।

सन् २०२४ को फेब्रुअरीमा ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका थिए । यसवर्ष सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार एक सय ८७ जना नेपाल भ्रमणका लागि आएका हुन् । अमेरिकाबाट १० हजार तीन सय ४८ जना आएका छन् भने चीनबाट आठ हजार दुई सय ३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, फेब्रुअरीमा थाइल्याण्डबाट पाँच हजार छ सय नौ जना, बेलायतबाट पाँच हजार ५७ जना, बङ्गलादेशबाट चार हजार आठ सय ७४ जना, श्रीलङ्काबाट चार हजार तीन सय ७० जना, अष्ट्रेलियाबाट तीन हजार सात सय ३७ जना, म्यानमारबाट तीन हजार एक सय ४९ जना तथा दक्षिण कोरियाबाट दुई हजार सात सय ७९ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।