image
image

फिल्म प्रकाशको टिम फर्कियो कठमाडौँ 

कामठाडौँ । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को टिम सम्पूर्ण छायांकन सकेर जुम्लाबाट काठमाडौं फिर्ता भएको छ । 
 
छायांकन सुरु भएको ४२ दिनमा फिल्मको सुटिङ सकाइएको छ । फिल्मको सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट  डेब्यू गर्दैछिन् ।

फिल्ममा यी दुईबाहेक दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी लगायतको पनि अभिनय रहनेछ । फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ । फिल्ममा प्रदीप पहिलो पटक गाउँले युवकको रुपमा देखा पर्दैछन् । 
 
विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले खिचेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।