image
image
सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात

सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि माघसम्मको अवधिमा नेपालले ३६ अर्ब ३५ करोड ७३ लाख २९ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरेको हो। सबैभन्दा ठूलो हिस्सामा भारतबाट खाद्यान्न आयात भएको छ, जहाँबाट ६ लाख ९७ हजार २८० मेट्रिक टन चामल, गहुँ, मकै लगायतका खाद्य पदार्थ आयात गरिएको छ।

यसमा खर्च ३३ अर्ब ६९ करोड ५९ लाख ९३ हजार रुपैयाँ पुगेको छ। चीनबाट १ हजार ५१२ मेट्रिक टन खाद्यान्न आयात भएको छ, जसमा १८ करोड ५० लाख ८७ हजार रुपैयाँ खर्च भएको छ।

त्यसैगरी, थाइल्यान्ड, जापान, इन्डोनेसिया, साउथ अफ्रिका, इटाली र अमेरिका लगायतका देशबाट २७ हजार ४४२ मेट्रिक टन खाद्यान्न आयात गरिएको छ, जसको मूल्य २ अर्ब २९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ।

नेपालको खाद्यान्न व्यापारमा यस अवधिमा ३६ अर्ब ३३ करोड ४९ लाख ६१ हजार रुपैयाँको व्यापार घाटा परेको छ। यद्यपि, नेपालले यस सात महिनामा २ करोड २३ लाख ६८ हजार रुपैयाँको खाद्य वस्तु निर्यात गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।