image
image

६९५ स्थानीय तहलाई ६ अर्ब ७ करोड

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लागि चालू आर्थिक वर्ष (२०७७-७८) का ६९५ स्थानीय तहमा ६ अर्ब ७ करोड रुपैयाँ प्रदान गरेको छ । स्थानीय तहका योजनाहरु जिल्ला समन्वय समिति (जिसस)ले चयन गरी मन्त्रालयमा पठाएका हुन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को नियम १० को उपनियम(३) बमोजिम जिससको कार्यालयबाट मन्त्रालयमा प्राप्त विवरणका आधारमा स्वीकृत कार्यक्रमको रकम एलएमबीआइएसमा प्रविष्टि गरिएको हो ।
विगतमा सांसद विकास कोषलाई नाम परिवर्तन गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बनाइएको हो । यसअन्तर्गत देशभर करिब १ हजार ३ सय अधुरा योजना रहेको बताइन्छ । सडक, भवनलगायतका अधुरा योजनाहरु रहेका छन् । कामविहीन अवस्थामा रहेका जिससलाई मन्त्रालयले यस कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी दिएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
यो कार्यक्रम सशर्त योजना अन्तर्गत कार्यान्वयन भइरहेको छ । सांसदलगायतको सहभागितामा छानिएका योजनालाई मन्त्रालयले बजेटरी प्रणालीअन्तर्गत स्थानीय तहमा बजेट प्रवाह गरेको मन्त्रालयले जनाएको छ । यो योजनाको कार्यान्वयन जनताले नै गर्ने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । गत मंसिरमा नै चालू आवको योजना छनौट गरिसकेको अधिकारील बताए । कार्यक्रमको लागि कुनै नयाँ योजना र कुनै पुराना रहेका छन् । कार्यक्रमको लागि दश लाख रुपैयाँदेखिका तीस लाख रुपैयाँसम्मका योजनाहरु चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।