image
image

निषेधाज्ञामा पनि उपत्यकाका सबै बैंक शाखा खुला रहने

काठमाडौं १६ वैशाख । आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले काठमाडौं उपत्यकाका तीन जिल्लामा नै निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।

त्यस्तै संघले विज्ञप्तीमार्फत सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।  नागद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न पनि आग्रह गरिएको छ ।

संघले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।