image
image
आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, ९ अर्ब नाघ्यो कारोबार

आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, ९ अर्ब नाघ्यो कारोबार

काठमाडौं ।   साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २६९८ दशमलव ०३ को विन्दुमा पुगेको छ । आज नौ अर्ब ४७ करोड तीन लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।बिहीबारको तुलनामा कारोबार रकम साढे एक अर्बले बढेको छ । बिहीबार सात अर्ब ९२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ६३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्नपीको सेयर मूल्य स्थिर छ । यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स छन् ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।