image
image

विद्युत्को आयात ६८० मेवा पुग्यो

काठमाडौं । विद्युत्को आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युत्को आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

गत पुसमा पिक आवरमा ६३८ मेगावाटसम्म विद्युत् आयात भएको थियो । पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको र उत्पादन पनि घटेपछि विद्युत् आयात बढाउन परेको हो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले हाल पिक आवरमा ६८० मेगावाटसम्म विद्युत् आयात गरिएको बताए । त्यो हालसम्मकै उच्च भएको पनि उनको भनाइ छ । अहिले प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर, रक्सौल–परवानीपुर, कुशाहा–कटैयालगायत अन्तरदेशीय प्रसारणलाइनबाट भारतीय विद्युत् आयात गर्दै आएको छ ।

विद्युत्को आन्तरिक उत्पादन घटेपछि आयात बढाउनु परेको हो । यसपटक आन्तरिक उत्पादन बढी मात्रामा घटेको र माग पनि बढेकाले बढी मात्रामा विद्युत् आयात गर्नु परेको प्राधिकरणको भनाइ छ ।

नेपालमा रहेको अधिकांश विद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । हिउँदको समयमा खोला÷नदीमा पानीको प्रवाह कम हुने भएकाले विद्युत् उत्पादन कम हुन्छ । अहिले निजीक्षेत्रका जलविद्युत् आयोजनाबाट २७० मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको छ ।

वर्षा याममा भने उनीहरूबाट ७०० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ ।

वर्षा याममा प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनाबाट ६३६ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ । तर, अहिले प्राधिकरणको जलाशययुक्तसहित विभिन्न आयोजनाबाट करीब ४९० मेगावाटको हारहारीमा मात्र विद्युत् उत्पादन भइरहेको छ । यसरी विद्युत् उत्पादन कम भएपछि विद्युत् आयात बढाउनु परेको भट्टराईले बताए ।

पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको उनले बताए । पछिल्लो समय औद्योगिक क्षेत्रबाट पनि विद्युत्को माग बढ्दै गएको उनको भनाइ छ । ‘पछिल्लो समय विद्युत्को मागपछि बढ्दै गएको छ । विशेषगरी औद्योगिक क्षेत्रको विद्युत् माग बढेको छ,’ उनले भने, ‘अहिले पिक आवरसम्म १४५० मेगावाटसम्म विद्युत्को माग हुने गरेको छ ।’ यसरी विद्युत् माग पनि बढेपछि अघिपछि भन्दा बढी विद्युत् आयात गर्नु परेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।