image
image
बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५ सय सम्म छुट

बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५ सय सम्म छुट

काठमाडौं ।  भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाऊँ सरर भन्ने नाराका साथ बससेवा डटकमले भ्यालेन्टाइन डेका अवसरमा छुट अफर ल्याएको छ। देशका विभिन्न गन्तव्यमा जाने यात्रुलाई टिकट काट्दा पाँच सय रुपैयाँसम्मको छुट दिने अफर ल्याएको हो।

कम्पनीका अनुसार अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन्। अनलाइनमार्फत् बस टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको हो।

अफर फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ। बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूचीअनुसार छुट उपलब्ध गराउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।