image
image
झिनो अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

झिनो अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?


काठमाडौं ।  सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्ब बढीको कारोबारसहित २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको हो । नेप्से बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

 ९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ११ हजार ९१८ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ ।  सबैभन्दा बढी निर्जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.१० प्रतिशतले बढेको छ । सबैभन्दा बढी फाइनान्स समूह १.०७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.०१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।