image
image
टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक


काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ । आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो । 

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । यसमा  ९८ किलोवाट क्षमताको मोटर जडान भएर आएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षकासाथ नयाँ मोडल ल्याइएको जानकारी दिए । उनले नयाँ केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैंयाँ रहेको जानकारी दिए । अहिलेको लागि ७।२ किलोवाटको एसी चार्जर गाडीसँगै उपलब्ध गराएको पनि बताए । 

उनले भने,‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं । बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै सार्वजनिक गरेको छौं । ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’ रिर्भस चार्जिङको व्यवस्था भएको पनि उनले सुनाए । 

कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।