कोरोना महामारीका कारण कुवेतमा श्रमिकको चरम अभाव
काठमाडौँ १५ वैशाख । कोरोना महामारीका कारण कुवेतमा श्रमिकको चरम अभाव देखिन थालेको छ । सरकारले आप्रवासी श्रमिकहरुलाई कुवेत प्रवेशमा रोक लगाएकाले श्रमिकको अभाव भएको हो ।यसरी श्रमिक आभाव हुने थालेपछि स्वास्थ्य सेवाका आवश्यक मापदण्ड अपनाउँदै वैदेशिक राहदानीका लागि प्रवेश अनुमति दिन बारम्बार सरकारी एजेन्सीहरुलाई अनुरोध गरेका छन्।
एक तथ्याङ्क अनुसार हाल ३ लाख ५० हजार श्रमिकसंग बैध आवासीय अनुमति छ भने कोरोना महामारीका कारण १ लाख ५० हजार श्रमिकले स्थायी रुपमा कुवेत छाडिसकेका छन्। मानव संसाधन कम्पनीका एक अधिकारीका अनुसार श्रमिकको अभाव विगतभन्दा दोब्बर भएको छ।मेकानिक्स , मेण्टिनेन्स , सरसफाइ, निर्माण लगायतका क्षेत्रहरुमा दक्ष प्राविधिकको अभाव भएको हो ।
त्यस्तै कृषि क्षेत्रका श्रमिकलाई अन्य क्षेत्रमा स्थानान्तारण गर्न पाउने व्यवस्थाले गर्दा पनि यस क्षेत्रमा श्रमिकको चरम अभाव देखिएको उनको भनाइ छ। मत्स्य (माछा) तर्फ पनि श्रमिकको अभाव नै भएको बताएका छन् । यसरि कुवेतको श्रम बजारले श्रमिकको अभाव झेल्नु परेको छ।