डेरी उद्योगको विधुत् महसुलमा छुट दिन माग
काठमाडौं १५ वैसाख । नेपाल डेरी राष्ट्रिय एसोसिएसनले आगामी आर्थिक वर्षको बजेटमा डेरी उद्योग र संकलन केन्द्रमा प्रयोग हुने विधुत्मा ५० प्रतिशत छुटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।कोरोना भाइरसको कारण बिक्री नभएको पाँच अर्ब रुपैयाँ बराबरको डेरी उत्पादनको लागि ऋणको व्यवस्था गर्ने व्यवस्था गर्न पनि एशोसियसनले सुझाव दिएको हो ।
डेरी उद्योगले उद्योग र संकलन केन्द्रमा प्रयोग हुने बिजुलीमा महंगो शुल्क दिँदै आएकोमा डेरी उद्योगले सातै प्रदेशको मुख्यमन्त्रीको कार्यालय, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई र दुग्ध विकास बोडसमक्ष बजेटमा समावेश गर्नुपर्ने विभिन्न मागसहितका सुझाव पत्र पेश गरेको हो ।
त्यसतै सात वटै प्रदेशमा गुणस्तर सुधार सम्बन्धि तालिम सञ्चालन गर्न, ल्याबका काम गर्ने कर्मचारीलाई तालिम सञ्चालक गर्न कार्यक्रमको माग गरेको छ ।