image
image

यस्तो छ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा,  कसको कति ?

काठमाडौँ १५ वैशाख। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको आर्थिक विवरण सार्वजनिक गरेका छन् । सोहि विवरण अनुसार वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका देखिएको छ । सो अवधिमा बैंकहरुले ५० अर्ब ७३ करोड ६० लाख ९० हजार रुपैयाँ खुद मुनाफा गरेको देखिएको हो ।त्यस्तै  कामएको नाफामध्ये ३३ अर्ब ४५ करोड ८ लाख ५९ हजार रुपैयाँ शेयरधनीलाई वितरण गर्न मिल्ने अवस्थामा  रहेको बैंकहरुको रिपोर्टमा उल्लेख गरिएको छ । 

यो अवधिमा सर्वाधिक नाफा कमाउनेमा करिब ३ अर्ब ६८ करोड रुपैयाँ कमाएर नबिल बैंक अगाडि देखिएको छ ।  दोस्रोमा ग्लोबल आईएमईले ३ अर्ब ५७ करोड कमाएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड र एनआईशी एशिया बैंकले ३ अर्ब रुपैयाँ कमाएका छन् ।

यस्तै  यो  अवधिमा २ अर्ब भन्दा बढी कमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्शियल बैंक, एनएमबि बैंक, नेपाल बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंक रहेको छ । साथै मेगा बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डूू, सनराइज बैंक र एनसीसी बैंकको नाफा १ देखि २ अर्बको बीचमा रहेको छ । नेपाल एसबीआई बैंक, सिभिल बैंक र सेञ्चुरी बैंकको नाफा भने अझै अर्ब भन्दा माथि पुग्न सकेको छैन ।

त्यसैगरी चैत मसान्तसम्मको अवधिमा बैंकहरुको वितरणयौगय मुनाफा ३३ अर्ब ४५ करोड रहेकोमा सबैभन्दा बढी नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८० करोड रहको छ । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्न नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहँदा अरु बैंकहरुको भने यस्तो नाफा ३ अर्ब रुपैयाँभन्दा कम रहेको देखिएको छ । 

साथै तेस्रोमा रहेको ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ५६करोड रुपैयाँ छ । चैथो सूचीमा एनएमबि बैंक आइपुगेको छ, जसको नाफा २ अर्ब २७ करोड रुपैयाँ रहेको छ । बाँकी बैंकमध्ये ९ बैंकको वितरणयोग्य नाफा अर्ब भन्दा माथि छ । ११ वटा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब समेत पुग्न सकेको छैन ।  
Bank Name-page-001.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।