image
image

स्थानीय तहमा कोरोनाको नाममा व्यापक अनियमितता , सरकार अझै मौन 

काठमाडौं १४ वैसाख : पछील्लो समय कोरोन भाईरसको नाममा स्थानीय तहहरुमा अनियमितता थप बढेको महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक अध्ययनले देखाएको छ । गत वर्षको चैत–वैशाखमा स्थानीय तहले वडाबाट चामल, तेल बाँडेर त्यसमा अस्वाभाविक खर्च देखाएको छ ।

त्यस्तै स्वास्थ्य सामाग्री, खाना, क्वारेन्टिन, बिछ्याउना, भाडामा पनि खर्छ भएको छ । तर,  बिलमा प्रशस्तै खर्च देखाईेको भएपनी  खर्च गरिएको सामानहरु खसै देखिन्न ।अन्य क्षेत्रमा जस्तै कोरोनाको नाममा व्यापक अनियमितता भएको पाईएको छ । 

महालेखाको ५७ औ प्रतिवेदनले अनुदानको रकम समेत स्थानीय तहले अनियमितता गरेको औँल्याएको थियो । सो प्रतिवेदनले ७५३ स्थानीय तहमध्ये ७४३ स्थानीय तहमा ७ खर्ब ३८ अर्ब  २३ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको देखाएको थियो ।

स्थानीय तहमा धेरै संख्यामा स—साना टुक्रे आयोजना पारित हुने, पारित योजनामा काम नगरी विनियोजित बजेट अन्यत्र रकमान्तर हुने, अनुत्पादक र वितरणमुखी कार्यमा बढी खर्च हुने, खरिद प्रक्रिया कानुन विपरित हुने दीगो योजना नबनाउने लगायतका समस्या यस वर्षपनि देखिएको छ। तर, सरकार यो विषयमा मौन नै रहको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।